punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाँच महिनापछि बल्यो मल्कवाङमा बिजुली

Chaupati
safha napa

पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पु¥याएको थियो ।

धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि बिजुली बालिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए ।

बयालिस किलोवाट क्षमताको परियोजनाबाट मल्कवाङ, भेडिखाल्टा, मलम्पार र छिमेकी वडा नं ६ को बुलका ३५० घरधुरीमा विद्युत उपलब्ध गराइएको परियोजनाका अध्यक्ष दलमान छन्त्यालले बताए । विसं २०७३ मा दुई करोड १७ लाख ७९ हजार २६१ को लागतमा निर्माण गरिएको जलविद्युत्त परियोजनामा पाँच महिनाअघि आएको बाढीले क्षति पु¥याएपछि बन्द भएको थियो ।

यसैगरी धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनामा भदौ २० गते दरखोलामा आएको बाढीले विद्युत गृह, बाँध र नहर बगाएर बन्द भएपछि पुनः निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको रु २२ लाख सहयोगमा उक्त परियोजना मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले बताए ।

खोलाको किनारदेखि केहीमाथि सुरक्षित ठाउँमा विद्युतगृह निर्माण भएका कारण परियोजनाको उत्पादन ४३ किलोवाटबाट घटेर ३५ किलोवाटमा सीमित भएको छ ।


१४ चैत २०७८, सोमवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु