punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुलको डीपीआरबारे अख्तियारद्वारा अनुसन्धान सुरु

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिकामा झन्डै एक दर्जन पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । आयोगले सोमबार डीपीआर निर्माणसम्बन्धी आवश्यक कागजात मगाएर अनुसन्धान सुरु गरेको हो ।

आयोगको कार्यालयमा आइतबार नगरपालिका क्षेत्रका १० वटा पुलको डीपीआर निर्माणमा १ करोडभन्दा बढीको अनियमितता भएको भन्दै पत्रकार तथा नेकपा समाजवादीका नेता खेम भण्डारीले अख्तियारमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको हो । नगरपालिकाले डीपीआर निर्माणका लागि कन्सल्टेन्सी छनोटमै त्रुटी गरेको भण्डारीले उजुरीमा उल्लेख गरेका छन् ।मल्ल एन्ड ग्रुप इन्जिनियरिङ कन्सल्टेन्सीलाई डीपीआर स्वीकृत नहुँदै १ करोड भुक्तानी दिएको उजुरीमा उल्लेख छ ।


७ चैत २०७८, सोमवार १५:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु