punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यु–१९ राष्ट्रिय महिला क्रिकेटः कर्णालीको विजयी सुरुवात

Chaupati
safha napa

मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।कर्णालीले आइतबारको उद्घाटनमा सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गरेको हो ।

९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३.४ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका लागि मनीषा चा‌धरीले सर्वाधिक ९ रनको योगदान दिइन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णालीका लागि एन्जिला थापाले ३, श्रिमी थारु, दीक्षा पुरी र तिर्सना विश्वकर्माले २–२ तथा विना थापाले १ विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९३ रन बनाएको थियो ।

कर्णालीका लागि किरण कुँवरले सर्वाधिक २५ योगदान दिँदा तिर्सना विश्वकर्माले १२ रन जोडिन् ।सुदूरपश्चिमका लागि सावित्री धामीले ३ र मनीषा चौधरीले १ विकेट लिइन् ।


६ चैत २०७८, आइतवार १८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु