पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु
बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी अन्दाजी २३ वर्षीया भागरथी चन्दको सिँचाई पोखरीमा डुबेर मृत्यु भएको हो।
शुक्रबार दिउँसो चन्दको पोखरीमा डुबेर मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
५ चैत २०७८, शनिवार ०८:३७ बजे प्रकाशित































