punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा मेयर कप क्रिकेट आजदेखि

Chaupati
safha napa

बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौँं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुनेछ।

प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– ४ खलङ्गा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन्। प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ।

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ। नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ।

यसअघि गतवर्ष सम्पन्न चौँथो संस्करणको मेयर कपको उपाधि वडा नम्बर ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नम्बर ४ खलङ्गाले हात पारेको थियो। यसैबीच पाँचौँ संस्करणको उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने चैत ४ गतेदेखि सञ्चालन हुने नगर क्रिकेट समितिले जनाएको छ।

 


२५ फागुन २०७८, बुधवार १४:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु