punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कार्यालयमा पनि हिंसा खेप्न बाध्य महिला

Chaupati
safha napa

कार्यस्थलमा हुने हिंसाबारे महिला पत्रकारहरुबिच छलफल तथा भोगाईबारे अन्तरक्रिया गरिएको छ । ११२ औं नारी दिवसको पूर्वसन्ध्यामा धनगढीस्थित महिला पत्रकारहरुको उपस्थितिमा सो अन्तरक्रिया  कार्यक्रम गरिएको हो ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिकी सदस्य उन्नति चौधरीले कार्यस्थलमा हुने हिंसाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन । ‘हरेक कार्यालयमा कार्यरत महिला कुनै न कुनै बाहनामा कार्यस्थलमा हिंसा खेप्न बाध्य छन्’

उनले भनिन् –‘बोलाई, लेखाई, चित्र, विभिन्न बहानामा शरिरका अंग छुने, लामो समयसम्म हेरिरहने लगायतका विभिन्न माध्यमबाट कार्यस्थलमा महिलामाथि हि“सा हुने गरेको छ ।’उनले कार्यस्थलमा भोग्नुपरेको हिंसाबारे महिला तथा युवतीले उजुरी कसलाई गर्ने भन्नेबारे जानकारी नहु“दा ति हिंसाहरु बाहिर आउन नसकेको बताइन् ।

मर्निङ बेलका प्रकाशक रमा भट्टराईले महिला तथा युवतीले घरदेखि कार्यस्थलमा मात्र नभई बस, फिल्म हल लगायतका भिडभाडमा पनि हिंसा खेप्नु परिरहेको बताइन । उनले भनिन्–‘बसभित्र कोचाकोच हुन्छ । पुरुषले महिलाका अंगमा छुने गर्छन, फिल्महल तथा भिडभाडमा पनि त्यस्तै घटना दोहोरिन्छन ।

कार्यस्थलमा महिला मात्र नभई पुरुष पनि हिंसामा पर्ने गरेका छन् ।’ उनले कानुनको प्रभावकारी कार्यान्वयन र पीडितले समयमै सम्बन्धित निकायमा उजुरी दिएमा यस्ता घटनामा कमि आउने बताइन् ।

कार्यक्रममा दिनेश एफएमकी प्रवन्धक अमिता कु“वर, पश्चिम टुडेका प्रशासन प्रमुख भुवन जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य राम दहित, नेपाल पत्रकार महासंघ कैलाली सदस्य शंकर बोहरा लगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध महिला पत्रकारको सहभागिता रहेको थियो ।


२३ फागुन २०७८, सोमवार १९:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु