देशभर थप ८८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ सय ७६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९ सय ४८ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।
हाल मुलुकमा ६ हजार १ सय ५० जना सक्रिय संक्रमित रहेका छन् । सोमबार २ लाख ३३ हजार ८ सय ५१ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।
२३ फागुन २०७८, सोमवार १७:२८ बजे प्रकाशित






























