धनगढीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु
कैलालीको धनगढीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरकी १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको हो ।
त्रिभुवन माविमा अध्ययनरत ती किशोरीको विद्यालयबाट घर फर्कने क्रममा ट्रकले ठक्कर दिएको हो ।
ठक्करबाट घाइते भएकी उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२३ फागुन २०७८, सोमवार १७:१२ बजे प्रकाशित






























