punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई महिनादेखि महिला वनमै क्षेत्रमा अलपत्र

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित बसन्त सामुदायिक वन क्षेत्रमा २ महिनादेखि २८ वर्षीय उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन्।सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन्।

बेलौरी नगरपालिकाको कुण्डाकी चौधरीलाई उनका पति रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उनी २ महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएको बताउँछिन्।

‘श्रीमानले सधैं कुटपिट गर्थे,’ चौधरीले भनिन्, ‘माइतीमा गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी लिएर श्रीमान बेपत्ता भएपछि वन क्षेत्रमा आएर बस्दै आएकी छु। सहारा कोही छैन।’ वन क्षेत्रमा रुखमुनि बस्दै गरेको देखेपछि कलुवापुर बजारनजिक वनमा स्थानीयले झोपडी बनाइदिएका हुन्। चौधरीले नजिकैको गाँउबाट खाना मागेर खाँदै आएकी छन्।

लगाउने र ओढने कपडासमेत मागेर गुजारा चलाउने गरेको चौधरीले बताइन्। कृष्णपुर नगरपालिका-२ मा रहेका माइतीले समेत नहेरेपछि बाध्य भएर वन क्षेत्रमा बस्नु परेको उनको दुखेसो छ। वडाध्यक्ष दिलबहादुर बुढा एक्लै महिला वन क्षेत्रमा तुसारोसमेत नछेक्ने झोपडीमा बस्दै गरेको देखेपछि वन छेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाएको बताउँछन्।

‘महिलालाई उद्धार गरी सहज रुपमा बसोबासको व्यवस्था मिलाउन परोपकारी संस्थाको खोजीमा लागेका छौं। उद्धार गरी सहयोग गरे सहज हुन्थ्यो। अहिलेसम्म त्यस्तो संस्था भेटेका छैनौं,’ उनले भने, ‘अलपत्र परेकी महिलाको श्रीमानको खोजीसमेत गर्दै छौं। अहिलेसम्म फेला परेको छैन।’

महिलालाई सोध्दा श्रीमानले सधैँ कुटने गरेकाले बिरामी परेर माइती गएका बेला छोराछोरी लगेर बेपत्ता भएको बताएको उनले भने। उनले भने, ‘माइतीले भए पनि हेर्नु पर्ने हो। कुनै खोजखबर छैन। महिलाको उद्धारका लागि सरोकारवाला संघ संस्था र महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थालाई आग्रह गरेका छौं।’


२१ फागुन २०७८, शनिवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु