punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खप्तड गोल्डकपको उद्धघाटनमा मुख्यमन्त्री भट्टलाई २१ किलोको माला

Chaupati
safha napa

कैलालीको धगढीमा आजदेखि खप्तड गोल्डकप सुरु भएको छ । आजदेखि सुरु भएको गोल्डकपको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन्। उद्धघाटन कार्यक्रममा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको माला लगाएको छ।

उद्घाटनमा मुख्यमन्त्री भट्टलाई २१ किलो, कृषिमन्त्री विनिता चौधरी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीलाई ११/११ किलोको माला लगाएको छ।

No description available.

यस्तै सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई पनि ११/११ किलोको माला लगाइएको छ।

धनगढी रंगशालामा भएको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लव विजयी भएको छ । भारतको दिल्ली फुटबल क्लवलाई २-१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुआत गरेको हो ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

 


१९ फागुन २०७८, बिहीवार २१:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु