नेपालमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

नेपालमा थप १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनाको नमूना परीक्षण गर्दा थप १११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय १७ रहेको छ ।


१५ फागुन २०७८, आइतवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु