मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतका कान्छा वडाध्यक्ष कार्कीको निधन
मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका- १ का वडाध्यक्ष नवराज कार्कीको निधन भएको छ । शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा उनको निधन भएको हो । नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।
रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए । उनी सुर्खेतका निर्वाचित वडाअध्यक्षहरु मध्ये सबै भन्दा कान्छा वडा अध्यक्ष थिए ।
१४ फागुन २०७८, शनिवार ०७:४१ बजे प्रकाशित































