punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको पुनर्वासमा एक हात्ती मृत फेला

Chaupati
safha napa

कञ्चनपुरमा एक हात्ती मृत फेला परेको छ। पुनर्वास नगरपालिकाको वडा नम्बर २ अमरैयामा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो।

शनिबार सो हात्ती बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएको थियो। त्यसपछि हात्तीलाइ लालझाडी वन क्षेत्रमा फर्काउन वन कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उक्त दिनभर प्रयास गरेपनि उखु खेतभित्र पसेको जङ्गली हात्ती बुधबार दिउँसो मृत अवस्थामा फेला परेको बताइएको छ।

करिब १० वर्ष उमेरको उक्त जङ्गली हात्ती बिरामी रहेको हुनसक्ने अनुमान गरिएको छ।


११ फागुन २०७८, बुधवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु