त्रिभुवन विमानस्थलबाट २० हजार डलरसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट २० हजार डलरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।नेपालबाट दुबई जाँदै गरेका ४५ वर्षीय शतिस प्रसोत्तम सज्नानीलाई २० हजार १ सय ५० अमेरिकी डलरसहित पक्राउ गरिएको विमास्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।
विशेष सूचनाका आधारमा मंगलबार उनलाई विमानस्थलबाट पक्राउ गरिएको उनले बताए । उनको साथबाट २० हजार १ सय ५० अमेरिकी डलरका साथै ३१ हजार नेपाली रुपैयाँ, ईङल्याण्ड पाउण्ड ५, जर्जिया लारी ५० र एक सय भारतीय रुपैयाँ पनि बरामद भएको ढकालले बताए ।
११ फागुन २०७८, बुधवार १४:०२ बजे प्रकाशित






























