punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिले खुमलटार पुगेर गृहमन्त्री खाँण ओली भेट्न बालकोट गएका थिए

Chaupati
safha napa

गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिका रुपमा बुधबार बिहान सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार राति बालुवाटारमा भेट भएपछि खाँण सक्रिय भएका हुन्।

उनी देउवाको प्रतिनिधिका रुपमा दुई कम्युनिष्ट शीर्ष नेताहरूसँगको संवादमा निस्किएका हुन्।

उनले आइतवार संसदमा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)अनुमोदन लगायत विषयमा दुई नेतासँग छलफल गरेका हुन्।

खाँणले बिहान सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’सँग एमसीसी पास गर्ने र सत्ता गठबन्धन जोगाउने विषयमा कुरा गरेको स्रोतले जनाएको छ।

गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा वार्ता गरेपछि एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगेर भेटवार्ता गरेका थिए।

तर खाँणसँगको भेटबारेमा प्रचण्डको सचिवालयले पुष्टि गर्न अस्वीकार गरेको छ। ओलीसँगको भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदनसहितमा कुरा भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन छलफल भइरहेको छ।

 


११ फागुन २०७८, बुधवार १३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु