punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालको कूटनीतिक सम्बन्ध १७३ देशमा फैलियो

Chaupati
safha napa

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ। संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन्।

दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले आज जनाएको छ।


१ फागुन २०७८, आइतवार ०९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु