punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा हिमपात प्रभाव : स्थानीय प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

Chaupati
safha napa

लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले सावधानी अपनाउन आग्रह गरेको छ। बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो। यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ।

अत्यधिक चिसो बढेकाले सकेसम्म बाहिर नहिन्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। हिमपातका कारण यातायात समेत अवरुद्ध भएकाले यस्तो अवस्थामा यात्रामा ननिस्कन आग्रह गरिएको हो।

शनिबारसम्म मौसममा सुधार नहुने र चिसोसमेत बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिकाहरूलाइ बढी समस्या हुन सक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत अनुरोध गरिएको छ। यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ।

हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको हो। हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको दशरथचन्द नगरपालिका १ मुस्याचौरका महेश भट्टले बताए। उनले भने, “वर्षा र हिमपातले अत्यधिक चिसो बढाएको छ। बाहिर निस्कनै मुस्किल भएको छ।”

वर्षासँगै हिमपात भएपछि किसानहरु खुशी भएका छन्। हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन्। यहाँ तेस्रोपटक हिमपात भएको हो। यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो।


२२ माघ २०७८, शनिवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु