एमसीसी सम्झौता म रक्षामन्त्री हुँदा गरिएको होइन : भीम रावल
अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी सम्झौता आफू रक्षामन्त्री हुँदा स्वीकृत गरिएको आरोप लागेपछि नेकपा एमालेका नेता भीम रावलले खण्डन गरेका छन्।
एक सञ्चारमाध्यमले रावल रक्षामन्त्री भएकै बेला एमसीसीमा अमेरिकी कानुन लागू हुने सम्झौता भएको दाबी गर्दै समाचार लेखेपछि रावलले त्यो कुरा अस्वीकार गरेका हुन्।
उनले उक्त ‘कुप्रचार’ एमसीसीका राष्ट्रघाती प्रावधान अनुमोदन गराउने षडयन्त्र भएको आरोप पनि लगाएका छन्।
‘उत्तर– यो कुप्रचार एमसीसीका राष्ट्रघाती प्रावधानहरूलाई अनुमोदन गराउने षडयन्त्र हो। यसमा उल्लिखित सम्झौतालाई कार्यदलको प्रतिवेदनमा विरोध गरेका छौं।
म रक्षा मन्त्रालयमा छँदा स्वीकृत गरिएको होइन’, रावलले खण्डन गरेका छन्, ‘मन्त्रिपरिषदबाट सहमति दिइएको मलाई जानकारी छैन। कसैले छलेर गरेको भए पनि मान्य हुन सक्दैन।’
२२ माघ २०७८, शनिवार १२:०७ बजे प्रकाशित






























