punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बस र ट्रक ठोकिँदा आगलागी, तीन जनाको मृत्यु

Chaupati
safha napa

सुनसरीको कोशी गाउँपालिकाको लौकही सडक खण्डमा बस र ट्रक आपसमा ठोकिँदा आगलागी भएको छ। विपरित दिशाबाट आइरहेका बस र ट्रक एक आपसमा ठोकिँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

ना ८ ख ८४९३ नम्बरको यात्रु बस र सिमेन्टी बोकेको ना६ख २९९६ नम्बरको ट्रक आपसमा ठोकिँदा आगलागी भएको हो। आगलागीका कारण बस पूर्ण रुपमा जलेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाका अनुसार घटनामा दुई दर्जन बढी यात्रु घाइते भएका छन्। उनले बसका चालकसहित ३ जनाको मृत्यु भएको बताए।

घाइतेको इनरुवा अस्पतालमा र केही गम्भीर अवस्थाका बिरामीलाई थप उपचारकालागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले सो घटनाको पूर्ण विवरण भने आउन बाँकी रहेको जनाएको छ।


२२ माघ २०७८, शनिवार ०८:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु