punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा बाक्लो हिमपात, किसान खुसी

Chaupati
safha napa
मौसम बदलीसँगै सुदूरपश्चिमका हिमाली र पहाडी जिल्लामा हिमपात भएको छ। बिहीबार साँझबाट बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका विभिन्न स्थानमा हिमपात भएको हो।
हिमपातका कारण चिसो निकै बढेको छ। चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ। चिसोका कारणले  वृद्धवृद्धा, बालबालिका बढी प्रभावित भएका छन्। हिमपातका कारण जिल्लाको आवतजावत नै बन्द भएको छ।
यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगै पशुचौपायालाई पनि समस्या भएको छ। हिमपातले चिसो बढ्दै गएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्।
लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन्। बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जिल्लामा भारी हिमपात भइरहेको छ। हिमपातका कारण नागरिक समस्यामा परेका छन्। आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।
जिल्ला सदरमुकाम मार्तडीसहित यहाँका नौ वटै पालिकामा हिमपात भइरहेको छ। हिमपातका कारण पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिनका स्थानीयवासी बढी प्रभावित बनेका छन्। त्यहाँ मौसम बदली भएपछि हिमपात हुने गरेकाले सो क्षेत्रका स्थानीय बढी प्रभावित हुने गरेका छन्।
यसैगरी लामो समयदेखि सुख्खा रहेपछि समस्यामा परेका किसानलाई भने हिमपात भएपछि गहूँबालीमा राहत पुगेको छ। हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको किसान बताउँछन्। वर्षाले विभिन्न अन्नवाली, फलफूल र तरकारीलगायतका किसानलाई फाइदा पुगेको हो।
जिल्लाका बडिमालिका, बूढीनन्दा, दहडाँडा, बडालेखलगायतका उच्च हिमाली क्षेत्र यतिबेला सेताम्मे बनेका छन्। जिल्लाका हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बूढीनन्दा नगरपालिकाको पाण्डुसैनलगायतका क्षेत्रका किसानलाई भने समस्या भएकोे छ।

 


२१ माघ २०७८, शुक्रवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु