punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा सरकारी गाडी चल्न रोक्दै अनेरास्ववियु

Chaupati
safha napa

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा आन्दोलित बनेको एमाले निकट अनेरास्ववीयु कैलालीले सरकारी गाडी चल्न रोकेको छ । आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार अनेरास्ववियु कैलालीले शुक्रबार सरकारी गाडी चल्नमा अवरोध गरेको हो ।

विरोध कार्यक्रमको अवज्ञा गर्ने सरकारी गाडी चल्न नदिने र चलाइएको पाइएका साँचो नियन्त्रणमा लिने अनेरास्ववीयु कैलालीका संयोजक किशोर शाहले बताए । उनले अनेरास्ववीयुको केन्द्रीय कमिटिको निर्देशनवमोजिम जिल्लामा विरोधका कार्यक्रम सञ्चालन भइरहेको बताए ।

अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले यसअघि बुधबार धनगढीमा विरोध प्रर्दशन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका थिए ।


२१ माघ २०७८, शुक्रवार १०:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु