punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अध्यक्ष थापाद्वारा एमाले पार्टी कार्यालय उद्घाटन

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बर्दगोरिया गाउँपालिका वडा नम्बर ३को पार्टी कार्यालय उदघाट्न गरिएको छ। एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापाले बुधबार एक कार्यक्रमका बिच रिवन काटेर कार्यालयको उदघाट्न गर्नु भएको हो।

वडा कमिटी अध्यक्ष श्री राम जैशीको अध्यक्षता रहेको कार्यक्रममा निवर्तमान जिल्ला सचिव दान बहादुर बिक, जिल्ला कमिटी सदस्य कोकिला खत्री , निवर्तमान जिल्ला कमिटी सदस्य टंक राज ओलि , एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती, वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनार, एमाले बर्दगोरिया गाउँ कमिटी सचिब देबेन्द्र शाही ,उप-सचिब मिलन ओलि,सचिवालय सदस्य लाल सिंह बिश्व्कर्मा लगायतको उपस्तिथि रहेको थियो।

कार्यालय उद्घाटन गर्दै एमाले कैलाली अध्यक्ष थापा , निवर्तमान सचिब बिक, जिल्ला कमिटी सदस्य कोकिला खत्रीले वडासहित पालिकामा एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्नुपर्ने जिम्मेवारी आएको बताए।

आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरि वडा र गाउँ कमिटी बिस्तार ,संगठन सुदृढीकरण ,पार्टी प्रवेश लगायतका काम गरि तिब्र गरिता अगाडि बढाउनुपर्ने बताए। अनिहरुले जनताको माझमा भ्रम र आश्वासन नभइ बिश्वासको साथमा काम गरि अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।


२० माघ २०७८, बिहीवार १४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु