punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा जंगली जनावरको आतंकः रातभरी बारीमै मचान बनाएर किसान सुत्छन्

Chaupati
safha napa

जंगली जनवारले कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा किसानहरुले लगाएको अन्नबाली सखाप पारेको छ। बर्षोदेखि लगाएको अन्नवाली जंगली जनावरले सखाप पार्न थालेपछि किसानहरु समस्यामा परेका छन्।

दोधारा-चाँदनी नगरपालिकाको बडवाल टोल, संसारी टोल लगायत भारतिय सिमा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रका बस्तीहरुमा हात्ती, निलगाई, बदेंल, बाँदर जस्ता जनावरले बालीमा क्षति पुऱ्याएपछि किसान समस्यामा परेका हुन्।

लहलहाउदो गहुँ तथा तरकारी बाली खाएर जंगली जनवारले दुःख दिएको रामबहादुर थापाले बताए। बिगतका वर्षहरुमा जंगली जनावरले सामान्य क्षति गर्ने गरेको भएपनि यस वर्ष बढी दुख दिएको उनको भनाई छ।

‘गाँउ–बस्तीमा पसेर निल गाईले सबै गहुँवाली खाईसक्यो। दुख गरेर बाली लगायो, खाने बेला छाडा चौपाया र जंगली जनावरले छोडेको मात्रै मान्छेका भागमा पर्छ।’थापाले भने, ‘मार्न कानुनले दिदैन्।धपाउदा अब जनवारले टेर्न छाडिसक्यो।’

जंगली जनवार नियन्त्रणको लागि दोधारा चाँदनीका स्थानीय किसानहरुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा गुहार गर्दै आएपनि वन्यजन्तुले गर्दै आएको क्षतीमा कमी आएको भने छैन्। बढी जसो रातीको समयमा जंगली जनावरले खेतवारीमा पसेर बालीनाली सखाप पार्ने भएको हुँदा किसानहरु रातीको समयमा बारीमै मचान बनाएर सुत्ने गरेको किसानहरु बताउँछन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र संग सिमा गाँसिएको दोधारा-चाँदनी नगरपालिकाको वडा नं ६, ७ मा निलगाई र बाँदरको आंतक छ। नगर क्षेत्रका किसानहरु वन्यजन्तुबाट खेती बचाउन खेतमै मचान बनाएर बस्न थालेका छन्। रातीको समयमा हुल बाँधेर आउने निलगाईले वडा नं ६ र ७ का दर्जर्नौ किसानहरुको खेती खाएर सखाफ पार्दै आएको अर्का स्थानिय बलराम पौडेलले बताएका छन्।

यस्तै दोधारा-चाँदनी नगरपालिकाको वडा नं ३ बडवाल टोलमा त्यहाका नागरिक लामो समय देखि वन्यजन्तुको आतंकले पिडित बन्दै आएका छन्। वन्यजन्तुको उचित व्यवस्थापन तथा आवश्यक भौतिक संरचनाको विकास हुन नसक्दा पटक पटक आक्रमण र स्थानियहरुको बालीनालीमा क्षती र बनाएका घरहरु जंगली हात्तीले भत्काउदै आएको छ।

वन्यजन्तुका लागी आवश्यक आहारा, बासस्थान अभावको कारण बस्तीमा वन्यजन्तु पस्ने गरेको स्थानियहरुको ठहर छ। दोधारा चाँदनी नगर क्षेत्रमा वन्यजन्तु आतंक रोक्न सरकारले दिर्घकालीन योजना बनाउन स्थानियले माग गर्दै आएका छन्।

 


२० माघ २०७८, बिहीवार ०९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु