punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको एक होटेलमा पुरुष मृत फेला

Chaupati
safha napa

कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन्।गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा उनलाई फेला पारिएको थियो।

उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए। के कारणले उनको मृत्यु भएको हो भन्नेबारे खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।


१६ माघ २०७८, आइतवार ०८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु