punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आमा र बच्चा झुन्डिएको अवस्थामा मृत फेला

Chaupati
safha napa

दार्चुलाको शैल्यशिखर नगरपालिका-८ को तल्चौरामा आमा र बच्चा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालीका-७का शिव बिष्टकी श्रीमती सरस्वती बिष्ट र उनकी १ वर्षीय छोरी जेनिसा बिष्ट रुखमा झुन्डिएको अबस्थामा मृत फेला परेका हुन्।

२३ वर्षीय आमा र १ वर्षीय छोरी घरबाट माईत जान्छु भन्दै बच्चापनि साथमा लिएर असुरो(खन्या)को रुखमा दोपट्टा च्यातेर दुई भाग बनाई एउटामा बच्चा र अर्कोमा आमास्वंयं झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक नारायण बिष्टले बताए।

उनका अनुसार ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुजुल्का उठाएर पोष्टमाटमका लागि गोकुलेश्वर लगेको हो। उक्त घटना के कती कारणले भएको हो यसबारे पोस्टमार्टम को रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरी निरीक्षक नारायण बिष्टले बताए।


१५ माघ २०७८, शनिवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु