punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्यालको टोकाइबाट बालिका सिकिस्त

Chaupati
safha napa

स्यालको टोकाइबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ रानीपुरकी ७ वर्षीया लक्ष्मी बोहरा शुक्रबार सिकिस्त भएकी छन्।

घरनजिकै सनवोरा नदी छेउमा आमासँगै घाँस काट्न गएका बेला लक्ष्मीलाई बाँसको झाडीमा लुकेको स्यालले टोकेको हो।

बालिकाकी आमा गंगाका अनुसार स्यालले टोकेर नाकमा एउटा र मुखमा ३ ठाउँमा गहिरो घाउ बनाएको छ।

बालिकाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ।

स्यालले बस्तीनजिक आएर घरपालुवा कुकुरलाई समेत टोक्न थालेकाले स्थानीय निकै त्रसित भएका छन्।

दिउँसै घरआँगनमै स्याल आउन थालेकाले निकै त्रसित रहेको स्थानीय पदम भाटले बताए।


१५ माघ २०७८, शनिवार ०८:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु