युवा संघ कैलालीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
युवा संघ कैलालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्याकषर्ण पत्र बुझाइएको छ । संघले कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत पत्र पठाएको हो । व
र्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, स्थानीय तहको निर्वाचन घोषणा गर्न आनाकानी गरेको, भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध गर्दा पनि मौन रहेको भन्दै युवा संघले आज प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
यस्तै लिम्पियाधुरा–कालापानी क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकको विरुद्धमा आवाज नउठाएको, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई कारबाही नगरेको, सिटामोलको कृत्रिम अभाव सृजना गरेको संघको आरोप छ ।
यस्तै पेट्रोलियम पदार्थ लगायत खाद्यान्न भएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, २४ लाख कोभिड भ्याक्सिन बेपत्ता पारेको विषयमा चासो नदिएको भन्दै ध्याकषर्ण पत्र बुझाएको युवा संघ कैलालीका अध्यक्ष गणेश महराले जानकारी दिए ।
उनले आफूहरूले उठाएका विषयमा सरकारले चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

१४ माघ २०७८, शुक्रवार १८:२५ बजे प्रकाशित































