nast

रेड्मी नोट-११ नेपाली बजारमा

साओमीले नेपाली बजारमा रेड्मी नोट-११ ल्याएको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले प्रविधिलाई आम जनसामु सर्वसुलभ रुपमा पुर्‍याउने उद्देश्य रहेको बताए ।

फ्ल्यागसीप लेभल ६ एनएम सहितको स्न्यापड्रागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फर्मेन्स दिनुका साथै ब्याट्री टिकाउयुक्त रहेको कम्पनीले जनाएको छ । यसमा ५ हजार एमएएचको ब्याट्री छ ।

५० एमपी मुख्य क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा यसमा उपलव्ध छ । रेडमी नोट ११ मा ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिन साइज दिइएको छ ।

रेड्मी नोट-११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्लु रंगमा उपलब्ध छ । ४ जीबी तथा ६४ जीबी भेरियन्टको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ४ जीबी तथा १२८ जीबी भेरियन्टको २४ हजार ९९९ रुपैयाँ र ६ जीबी तथा १२८जीबी भेरियन्टको मूल्य २६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।


१४ माघ २०७८, शुक्रवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु