सुदूरपश्चिममा थप ४८६ संक्रमित,२ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा ४८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार एन्टीजेनमार्फत २९७ र पीसीआरमार्फत १८९ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा एक हजार ६९३ जनाको कोरोना परीक्षण भएको निर्देशनालयले जनाएको छ। शुक्रबार पुष्टि भएकामध्ये ८६ जना शुक्रबारनै भारतबाट फर्केका नागरिक हुन्।

त्रिनगर–गौरीफन्टा नाकाबाट फर्केका ४१, गड्डाचौकीबाट फकेका २७, जुलाघाटबाट फर्केका १७ र पुलघाटबाट फर्केका एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। शुक्रबार सुदूरपश्चिमका नाका भएर ९०७ नेपाली स्वदेश फर्केका छन्।

यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ। ४ हजार ९८२ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

यस्तै पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ का ७५ वर्षीय पुरुष र भीमदत्त नगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो।


१४ माघ २०७८, शुक्रवार १७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु