प्रधानमन्त्रीलाई रावलको प्रश्‍न : राष्ट्रियताको विषयमा बोल्न कसले घाँटी अँठ्यायो?

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन्। प्रधानमन्त्रीले देउवाले शुक्रबार गरेको सम्बोधनमा स्थानीय तहको निर्वाचनबारे स्पष्ट बोल्न नसकेकोप्रति ट्वीटरमार्फत कटाक्ष गरेका हुन्। उनले प्रधानमन्त्री राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेकोप्रति आपत्ति जनाएका छन्।

उनले लेखेका छन्,‘प्रधानमन्त्री देउवाको भाषण ध्यानपूर्वक पढियो। राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन। कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो।’

प्रधानमन्त्रीलाई राष्ट्रियताको सवालमा बोल्न कसैले घाँटीमा अँठ्याए वा कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो भएको उनको भनाइ छ। संविधान र लोकतन्त्रको पक्षमा चुनावबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो गरेको व्यंग्‍य गरेका छन्। पाँच दलीय सत्ता गठबन्धनमा आगामी निर्वाचनबारे सहमति बन्न सकेको छैन।


८ माघ २०७८, शनिवार १७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु