punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

किन बढेन सुदूरपश्चिम प्रदेश राजधानीको काम ?

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा प्रदेस सभा स्थापना भएको चौथो वर्ष पूरा भएको छ ।चौथो वर्ष पूरा भएर पाँचौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्र सरकारले जग्गा उपलब्ध नगराएका कारण गोदावरीमा प्रदेश राजधानीको काम अघि बढाउन नसकेको बताए ।

उनले प्रदेशले राजधानीका लागि छुट्याइएको बजेट सधै फ्रिज जाने गरेको बताए।शुभकामना दिने क्रममा मुख्यमन्त्री भट्टले केन्द्र सरकारले आफूहरुलाई जानकारी नै नदिई कर्मचारीहरुको सरुवा गर्नाले समेत विकास निर्माणका काम गर्न नसकेको बताए ।

“कर्मचारी थाहै नदिई सरुवा गर्दिने, अनि हाम्ले काम गरेन भनेर सधै गाली मात्रै खाइरहनु पर्ने ।” मुख्यमन्त्री भट्टले आक्रोश व्यक्त गर्दै भने – “कि त अवधि पूरा गर्नेगरी कर्मचारी दिनु पर्‍यो, होइन भने कर्मचारीका कारण सधै दु:ख मात्रै पाइरहने ।”


७ माघ २०७८, शुक्रवार १६:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु