punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थारु समुदायमा भलमन्सा छान्ने चटारो

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको कैलाली–कञ्चनपुरका थारु समुदायमा भलमन्सा छान्ने चटारो सुरु भएको छ ।सांस्कृति पर्व माघी सकिएसँगै थारु समुदायमा भलमन्सा छान्ने चटारो सुरु भएको हो । थारु समुदायले माघ महिनालाई नयाँ वर्षका रुपमा समेत लिने मनाउने गरेका छन् ।

माघको पहिलो सातामा नयाँ नेतृत्व अर्थात वर्गघर(भलमन्सा), चौकीदार, बर्का गुरुवा (ठूलो) र कसौका गुरुवा (सानो)चयन गर्ने परम्परा चलिआएको छ । अब आउने नयाँ नेतृत्वले गाउँलाई चलाउन सक्ने हुनुपर्छ ।

‘भलमन्सा, चौकीदार प्रशासनिक क्षेत्र र सामाजलगायत धेरै जिचमा अब्बल भएको व्यक्तिहरु आउनुपर्छ,’ धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली गाउँका बुद्धिराम चौधरीले भने, ‘यसमा नाताबाद, क्रिपाबाद हुनुहुँदैन ।

No description available.

आउने नयाँ भलमन्सा भनेको नेतृत्व गर्न सक्ने हुनुपर्छ ।’सबै ठाउँमा गएर बोल्न सक्ने सबैका कुरालाई सम्बधित ठाउँसम्म पुराइदिन सक्ने व्यक्तिलाई नै भलमन्सा बनाउनु पर्ने सोही ठाउँका दिलबहादुर चौधरीले बताए । आउने नेतृृत्वले आउँदो माघीसम्म टोललगायत समुदायलाई चलाउनु पर्ने उनले बताए ।

यो गाउँम बर्तामान भलमन्सा झरीलाल चौधरी पुनः भलमन्सामा चयन भएका छन् ।उनी अहिले लगाएर चौथो पटक जाली गाउँको भलमन्सामा नियुक्त भएका हुन् । आफनो तीन पुस्तासमेतले भलमन्सा गर्दै आएको नवनियुक्त भलमन्सा झरीलाल चौधरीले बताए ।

‘अहिलेसम्म राम्रो गरेको भन्दै गाउँका मान्छेले पुनः मलाई भलमन्सामा चुनेका छन्’उनले भने ।गाउँ टोलमा सबैलाई मिलाएर लैजाने र विकासका लागि आफू लागि पर्ने उनले बताए ।

गाउँमा रोग नआवस भनेर गाउँको चारै कुना (चार किल्ला)बन्धन गर्ने गरेको वडा नम्बर ६ का वडाध्यक्ष भागीराम चौधरीले बताए । बाहिरबाट टोल समुदायमा आक्रमण नहोस भनेर चारै तिर गुरुवा, भलमन्सा र चौकीदारलाई बार बनाउने गरेको उनले बताए ।

‘विकासको लागि हामीहरु एक जना छनोट गर्छौँ उहाँको कुरा टोलमा सबै जनाले मानुन भनेर भलमन्सा बनाउने गरेका छौँ,’ उनले भने, ‘विवाहको बेला होस वा मान्छेको मृत्यु भयो भने उनीहरुको दाह संस्कारका लागि भलमन्सा, चौकीदारको ठूलो महत्व हुन्छ ।’


३ माघ २०७८, सोमवार १८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु