Churya gapa
Churya gaupalika
Churya

गजल

banigadijayagad gapa

जिन्दगी बगिरहने भेल रहेछ
माया प्रेम दुई दिनको खेल रहेछ

न जानेर कसै सँग प्रेम गर्दा
फुल जस्तै सुक्ने ओझेल रहेछ

आजकाल किन सताउँछ भनेको
अन्तै दिल सार्ने चलखेल रहेछ

यो माया कति विषालु हुदोहो
छुर्कन लाउँदा बल्ने राकेल रहेछ

मुटु भित्र छिर्ने सुरुङ बनाएर
एक बाट अन्तै चल्ने रेल रहेछ

आज यता भोलि अन्तै हुने
यो माया प्रेम खेलमेल रहेछ

जब मायाको लत लागे पछि
बालुवामा फल्ने एक फल रहेछ

यो माया कसैले कम्ति नसोच्नु
तिर्खा मेटाउनु एउटा जल रहेछ

दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली


१५ पुस २०७८, बिहीवार १९:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु