Churya gapa
Churya gaupalika
Churya

माओवादी स्थायी समिति बैठक सकियो, भोलि बिहान ११ बजे फेरि बस्ने

banigadijayagad gapa

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सकिएको छ। बिहीबार २५ समूहको रिपोर्टिङ सकिएपछि कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समिति बैठक बसेको थियो।

बैठकमा समूहगत रुपमा आएको सुझावको कसरी जवाफ दिने भन्ने विषयमा छलफल भएको स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले बताए।

‘आज विभिन्न २५ समूहको रिपोर्टिङ सकिएको छ। त्यसको जवाफ अध्यक्ष कमरेडले शुक्रबार दिनुहुनेछ। त्यसैका विषयमा छलफल भयो’ बस्नेतले भने, ‘भोलि बिहान ११ बजे पुनः छलफल गर्नेगरी स्थायी समिति बैठक बोलाइएको छ। त्यहाँ विस्तृत छलफल गरेर अध्यक्षले एकमुस्ट जवाफ दिनु हुने छ।’

यस्तै, केन्द्रीय समितिमा ल्याइने विभिन्न कलस्टरको प्रतिनिधित्वको विषयमा समेत खाका प्रस्तुत हुने बताएको छ।


१५ पुस २०७८, बिहीवार १९:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु