punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका १६ मा सात निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा हालसम्म सात वटामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।

निर्वाचन अधिकृतको कार्यालयहरुका अनुसार कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रहरुमा रास्वपाका उम्मेदवार अगाडि रहेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर १ र ५ मासमेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेका छन्। पहाडी जिल्ला बैतडी र डडेल्धुरामासमेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता रहेको छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर २ र डोटीमा एमालेको अग्रता रहेको छ। अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेवदार भीमबहादुर रावलको अग्रता रहेको छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा समेत नेकपाका उम्मेदवारको अग्रता रहेको छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को मत परिणाम सार्वजनिक गरिएको छैन। मुचुल्का र मत पेटीकाको मतको सङ्ख्या फरक परेको भन्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा विवाद भएको थियो।

दार्चुलामा साँझ सात बजेबाट मत गणना सुरु हुँदैछ। बाजुरामा समेत मतगणना सुरु भएको छैन। अछाम निर्वाचन क्षेत्र नम्बर २ मा हालै मात्र मत गणना सुरु भएको छ।

कैलाली–१ मा रास्वपा र काँग्रेसको घट्यो मतान्तर
कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवाली र नेपाली काँग्रेका उम्मेदवार जनकराज चौधरीको मतान्तर घटेको छ। ११ हजार ७५ मत गणना गर्दा ज्ञवालीको २ हजार सात सय २४ मत रहेको छ। काँग्रेका चौधरीको २ हजार पाँच सय ७५ मत रहेको छ। उनीहरुको बिचमा एक सय ४८ मतान्तर रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

स्वतन्त्र उम्मेदवारी दिएका फागुराम थारुको एक हजार पाँच सय ८७ मत रहेको छ। नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेको नौ सय ४९ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। नेपाली कम्पुनिष्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारूको एक हजार ३५ मत रहेको छ। हालसम्म ८ सय ४५ मत बदर भएका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख आठ हजार चार सय ९१ मतदाता रहेका छन्।

कैलाली–२ एमालेका सूर्यबहादुर थापाको अग्रता
कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सूर्यबहादुर थापाले अग्रता लिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नर बहादुर साउँदलाई पछि पार्दै उनी अगाडि गएका हुन्।
एमालेका उम्मेदवार थापाको नौ सय ३३ मत रहेको छ। नेकपाका उम्मेदवार साउँदको आठ सय पाँच मत रहेको छ। नेपाली काँग्रेसका उम्मेदवार विजय बहादुर स्वाँरले आठ सय आठ सय १० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार केपी खनालले ७८९ मत प्राप्त गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा २ लाख ७६ हजार ५६७ मतदाता रहेका छन्। मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दले मतान्तर बढाएका छन्। चन्द नेपाली काँग्रेका उम्मेदवार नरनारायण शाह भन्दा तीन हजार २ सय ८६ मतले अगाडि गएका छन।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा १० हजार छ सय १९ मत गणना गरिएकोमा पाँच हजार एक सय २२ मत चन्दले पाएका छन। काँग्रेसका उम्मेदवार एक हजार आठ सय ३६ मत पाएका छन्।

नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाको एक हजार चार सय ४३ मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेको एक हजार एक सय आठ मत रहेको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले २२९ मत र स्वतन्त्र उम्मेदवार प्यारे लाल रानाले २४३ मत प्राप्त गरेका छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा १० हजार ६ सय १९ मत गणना गरिएको छ। हालसम्म १० हजार ७५ मत सदर भएका छन्। हालसम्म पाँच सय ४४ मत बदर भएका छन्। सुरुवाती चरणदेखि नै घण्टी चुनाव चिह्न भएका आनन्द बहादुर चन्दले बलियो पकड जमाएका छन्। नेपाली काँग्रेस र एमालेका उम्मेदवारहरू बीच दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ। मतगणना कार्य जारी रहेको छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा ६५ हजार नौ सय ६३ मत खसेको छ। यो क्षेत्रमा एक लाख १० हजार पाँच सय ३९ मतदाता रहेका छन्।

बैतडीमा रास्वपाका हरिमोहनको सुरुवाती अग्रता, पछ्याउँदै काँग्रेस

बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले ५२८ मत गणनामा १७६ मत ल्याएर अग्रता बनाएका छन्। नेपाली काँग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १६७ मत ल्याएर हरिमोहन भण्डारीलाई पछ्याइरहेका छन्।
बिहीबार सम्पन्न निर्वाचनमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए र मतगणना दिउँसो साढे एक बजेपछि सुरु गरिएको हो।

२२ फागुन, बैतडी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता बनाएको छ । ५२८ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले १७६ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १६७ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले ९७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले ३९ मत ल्याएका छन्। यहाँ दिउँसो साढे एक बजेपछि मतगणना सुरु गरिएको हो। बिहीबार सम्पन्न निर्वाचनमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए।

कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी १ हजार ८३० मतसहित अग्रस्थानमा छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार धामी पछि नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ एक हजार ५१९ मतसहित दोस्रो स्थानमा छन्। यो क्षेत्रमा कूल ६१ हजार ७४ मत खसेको थियो ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायम छ । सात हजार ३७२ मत ल्याउँदा नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रकाश साउँदले दुई हजार २८० मत ल्याएका छन् । एमालेका बचन बहादुर सिंहले एक हजार ११२ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार माधव पन्तले एक हजार ४०९ मत प्राप्त गरेका छन्। कञ्चनपुर २ मा ६४ हजार ८८१ मत खसेको थियो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महता दुई हजार १२२ मतसहित अग्रस्थानमा छन्।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ८८० मत ल्याएका छन् भने एमालेका दीपक प्रकाश भट्टले ९०६ मत प्राप्त गरेका छन् । नेकपाका मान बहादुर सुनार ५२७ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो।

अछामको निर्वाचन क्षेत्र नम्बर–१ मा भीम रावलले आफ्नो अग्रता कायमै राखेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रावल ९५२ मतसहित अगाडि छन्।
नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर ७३२ मत सहित दोस्रो स्थानमा छन् । सो क्षेत्रमा नेकपा (एमाले) का दीपकबहादुर साउँदले ७१३ मत ल्याएका छन्। रास्वपाका ओमप्रकाश रावलले १०७ मत ल्याएका छन्। राप्रपाका लोकेन्द्रबहादुर शाहले ३७ मत पाएका छन्।


२२ फागुन २०८२, शुक्रवार १८:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु