punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा चरेशसहित दुई जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा प्रहरीले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-८ तिलाचौडका ४३ वर्षीय भानदेव भट्ट र सोही ठाउँका ४३ वर्षकै गगनबहादुर क्षेत्री रहेका छन्।

आइतबार संघीय लागुऔषध प्रहरी इकाइ कार्यालय नियन्त्रण सेल महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

तिलाचौडमा भूमिराज नास्ता, किराना पसल सञ्चालन गर्दै आएका भानदेवले चाउचाउको पेटिभित्र लुकाएर राखेको ९९.६० ग्राम चरेश फेला परेको प्रहरीले बताएको छ।

त्यस्तै, गगनको साथबाट ३.१६ ग्राम चरेश फेला परेको र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


१२ पुस २०७८, सोमवार ०८:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु