punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक किशोर र किशोरी मृत फेला

Chaupati
safha napa

कैलालीमा एक किशोर र किशोरी मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका-३ जुनेली शिविरकी १६ वर्षीया सञ्जू चौधरी र सोही ठाउँका १९ वर्षीय मायाराम चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

आइतबार राति सञ्जू आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी र मायाराम घरभन्दा २०० मिटर टाढा रहेको वनमा गई रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सञ्जूको मृत्युको १५ मिनेटपछि मायारामले पनि आत्महत्या गरेको पाइएको छ। दुवैको मृत्यु एक अर्कासँग जोडिएको छ वा छैन भन्नेबारे अनुसन्धान गरिरहेको उनले बताए।


१२ पुस २०७८, सोमवार ०८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु