punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यालयमा शौचालय, विद्यार्थी शौच गर्न झाडीतिर

Chaupati
safha napa

अछामको मंगलसैन नगरपालिका–९ ओलीगाउँस्थित मंगला नेरा माविमा शौचालय भएपनि विद्यार्थी भने शौच गर्न झाडीतिर जान बाध्य छन् । विद्यालयमा खानेपानीको अभावका कारण शौचालय प्रयोगमा समस्या भएपछि विद्यार्थी शौच गर्न झाडीतिर जान बाध्य भएका हुन् ।

नियमित विद्यालयमा आउने विद्यार्थीले खानेपानीको उचित व्यवस्था नहुँदा शौचालय प्रयोग गर्न समस्या भइरहेको बताएका छन् । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत् यौनिकता शिक्षासम्बन्धी भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी किशोरीले महिनावारी हुँदा विद्यालयबाट प्रदान हुने सेनेटरी प्याडले नियमित विद्यालयमा आउने वातावरण बने पनि शौचालय र पानीको व्यावस्था नहुँदा समस्या हुने गरेको बताइन् ।

‘विद्यालयमा चारवटा धारा र ६ वटा शौचालय छन्, तर न धारामा पानी आउँछ न शौचालय प्रयोगमा छन्,’ कक्षा ११ मा अध्ययनरत सृजना रावलले भनिन् । महिनावारी भएका बेला मात्रै होइन, विद्यालयमा नियमित शौच गर्न पनि समस्या रहेको कक्षा १० मा अध्ययनरत माया भण्डारी बताउँछिन् ।

शौचालय र पानीको अभावले सबैभन्दा धेरै समस्या महिनावारी भएका बेला हुने गरेको झरना परियारले बताइन् । ‘महिनावारी भएको बेलाबेलामा प्याड चेञ्ज गर्नुपर्छ, कतिपटक झाडीमा गएर प्याड चेञ्ज गरेका छौँ, जंगल वरपरतिर गाईवस्तु चराउने मान्छे हुन्छन्, धेरै समस्या छ,’ उनले भनिन् ।

विद्यालयमा स्कुल नर्सिङ कार्यक्रम लागू भएदेखि छात्रालाई सहज भएको छ । महिनावरी भएको समयमा पेट दुख्ने, बढी रगत बग्ने, ढाड दुख्ने समस्या भएमा विद्यालयमै औषधिको व्यवस्था र रेस्ट गर्न मिल्ने रुमको व्यावस्था रहेकाले आफूहरूलाई सहज भएको उनीहरूको भनाइ छ ।

विद्यालयका समस्या व्यस्थापन समितिको बैठकमा उठाउँदै आएको विद्यालयका प्रधानाध्यापक मिनबहादुर भण्डारीले बताए ।


११ पुस २०७८, आइतवार १८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु