punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस महाधिवेशन : आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

Chaupati
safha napa

नेपाली कांग्रेसको जारी महाधिवेशनमा उम्मेदवारी दिएकाहरूले आज उम्मेदवारी फिर्ता लिने तालिका छ। शनिबार उम्मेदवारी दिएकामध्ये फिर्ता लिनेलाई आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार उम्मेदवारी फिर्ताको समयवधि सकिएपछि आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ।

मतदानका लागि भृकुटीमण्डप‚ महेन्द्र पुलिस क्लब र राष्ट्रियसभा गृहमा व्यवस्था मिलाइने निर्वाचन समितिले जनाएको छ। मतदान मतपत्र मार्फत गर्नु पर्नेछ।केन्द्रीय कार्यसमितिको १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ। महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

 


२६ मंसिर २०७८, आइतवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु