अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा बितरण
न्यू योर्ककी निशा गुरुङले सुदूरपश्चिम समावेशी आधारभुत विद्यालयका बालवालिकालाई उपहार स्वरुप न्यानो कपडा प्रदान गरेकी छन् । गोदवारी नगरपालिका केलालीमा अवस्थित उक्त विद्यालयका बालबालिका संग जोडीन आफनो जीवनको उदेश्य पाएको निशा गुरुङले मनिङ् बेललाई बताइन् । अपाङ्गता भएका बालवालिका संग कटिनाइ संग लडने अभूतपूर्व शक्ति हुने हुँदा उनीहरुलाई हाम्रो माया र साथको आवश्यकताका पर्छ उनले भनीन् ।
शनिबार विद्यालय पाङ«गणमा आयोजित एक कार्यक्रमका बीच गोदवारी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतलदे ४० बालवालिकालाई ज्याकेट वितरण गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै उपप्रमुख कडायतले प्रवासमा रहेर अपाङ्गता भएका बालवालिका निशा गुरुङले देखाएको श्रदा र माया प्रशासनिय छ । उनले प्रदान गराएको ज्याकेटले बालवालिकालाई वाडो छलन ठूलो मदत गर्ने बताइन् ।
सोही अवरमा बोल्दे युवा नेता राजकुमार जैरुले निशा गुरुङको यो पहलले बालवालिकाको समस्या प्रति गम्भिर हुनुपर्न सन्देश थिएको छ भन्नुभयो । आगामी दिनमा निशा गुरुले अपाङता भएका बालवालिका र सुदूरपश्चिम बीच समुन्वय प्रयाप्त होस उनले भने । सो कार्यक्रममा विद्यालयका प्रध्यापक देवी साउद,शिक्षिका सुषमा अधिकारी लगायका वक्ताले बोल्नु भएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयका प्रध्यापक डा.यज्ञराज पाण्डृेले अपाङ्गता एकता समानका अनिल मल्ल, अपाङ्गता समाजका दिपक खत्री विद्यालय सस्थापक अध्यक्ष मानबहादुर साउदको र इम्प्याक नेपालका रामबहादुर बोगटीको उपस्थिती रहेको थियो ।गोदवारी नगरपालिकामा सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा विभिनन प्रकारका अपाङ्गता भएका ७५ जना विद्यार्थी अध्यनरत छन् ।
२५ मंसिर २०७८, शनिवार १९:१४ बजे प्रकाशित































