punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस महाधिवेशन : १३ पदाधिकारीका लागि ३९ जनाको उम्मेदवारी दर्ता

Chaupati
safha napa

नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ।शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो।

१३ पदाधिकारीका लागि ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मनोनयनका लागि दिएको समयमा एक सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेसहित ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै २ उपसभापतिका लागि पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी साह र सुजाता कोइरालासहित ७ जनाले उम्मेदवारी दिएका छन् ।यसैगरी २ महामन्त्रीका लागि प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्कीसहित ६ जनाले उम्मेदवारी दिएका छन् ।

सह(महामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै खुला केन्द्रीय सदस्यमध्ये थारूमा १४ जना, मधेसीमा ३२, आदीवासी जनजातीमा ८७, खस आर्य ९३, दलित ३९, महिला ३१, पिछडिएको क्षेत्र २, अपाङ्ग १६, अल्पसंख्यक ६, मुस्लिम १६, प्रदेश १-१३, प्रदेश २-५, बागमती ९, गण्डकी ७, लुम्बिनी ११, कर्णाली ७, सुदूरपश्चिम १२ र खुला १०९ जनाले उम्मेद्‍वारी दर्ता गराएका छन्।


२५ मंसिर २०७८, शनिवार १८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु