punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप

Chaupati
safha napa

बैतडीमा १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ।जिल्लामा १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाउने तयारी भएको हो।

सरकारले देशका विभिन्न जिल्लामा किशोरकिशोरीका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरीशप्रसाद भट्टले जानकारी दिए।

यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई आगामी पुस ४ गतेदेखि मोडर्ना खोप दिइने भएको हो। बैतडीमा उक्त उमेर समूहका ३५ देखि ४० हजार किशोरकिशोरी रहेको स्वास्थ्य कार्यालयको अनुमान रहेको छ।

खोप अभियान प्रभावकारी बनाउने विषयमा बैठक बोलाइएको छ। स्वास्थ्य कार्यालयले आइतबार स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूसँग भर्चुअल मिटिङ बोलाएको हो।स्वास्थ्य शाखा प्रमुखहरूसँगको बैठकपछि कुन कुन पालिकामा कहिले र कुन ठाउँमा खोप लगाउने भन्ने विषयमा यकिन हुने जनाइएको छ।

मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। बैतडीमा अहिलेसम्म ९० हजार व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् भने ६० हजार व्यक्तिले पूर्ण खोप लगाएका छन्।सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ।


२५ मंसिर २०७८, शनिवार १८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु