punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वास्थ्य कार्यालय कैलालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Chaupati
safha napa

कैलालीका विभिन्न स्थानीय तहका लागि कोभिड चिस्यान केन्द्र व्यवस्थापनका लागि विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । केयर नेपाल र सीएसएसडीको सहकार्यमा सामग्रीहरु हस्तान्तण गरेको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकाकास मन्त्री लालबहादुर खड्कालाई केयर नेपालका सहायक निर्देशक मुना शेर्पाले हस्तान्तण गरेकी हुन् ।

कोभिड खोप व्यवस्थापन गर्नका लागि आईसलेण्ड रिफ्रिजेटर ठूला र सानो, कोल्ड बक्स, भ्याक्सयन करियर, आईसप्याक लगायत ३१ लाख ९१ हजार ३ सय ४० रुपैयाँ का सामग्री हस्तान्तरण गरेको सीएसएसडी कैलालीका कार्यक्रम संयोजनक जगत उपाध्यायले बताए ।

No description available.

कोरोनाको खोप लगाउन सहजताका लागि सामग्री हस्तान्तरण गरेको उनका भनाई छ ।मन्त्रालयले बुझेका सामग्रीहरु स्वास्थ्य कार्यालय कैलालीलाई बुझाएको हो । सामग्री बुझ्दै मन्त्री खड्काले कोभिड व्यवस्थापन सामग्री सहज हुने बताए । खुल्ला सिमानाका कारण सुदूरपश्चिमका कैलाली र कञ्चनपुर लगायत जिल्लाहरु जोखिम रहेको बताए ।

‘कोरोनाको दुई वटा भेरियन्टको महामारी हामीले भोगिसक्यो’, मन्त्री खड्काले भने । ‘अव कुनै नयाँ भेरियन्ट आए पनि त्यसका पनि सबैको सहयोग र सहकार्यमा न्यूनीकरणमा गर्न सक्छौँ ।’ उनले प्रदेश सरकार सीमानामा स्वास्थ्य परीक्षण देखि होल्डिङ सेन्टर लाई चाडो भन्दा चाडो सञ्चालन ल्याउन प्रयासमा रहेको बताए ।

कार्यक्रममा केयर नेपालकी सहायक निर्देशक मुना शेर्पाले विभिन्न विपद्मा जहिले पनि सहकार्य तत्पर रहेको बताए । ‘धेरै बर्ष देखि कैलाली लगायत धेरै जिल्लामा विपद्मा केयर नेपाल काम गदैँ आएको छ’, उनले भनिन् । ‘अझै पनि विभिन्न सरकार संग समन्वय र सहकार्य गर्न तत्पर रहनेछ ।’

 


२४ मंसिर २०७८, शुक्रवार १६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु