punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्रिकेटको मुख्य प्रशिक्षकका रुपमा फर्किँदै पुबुदु !

Chaupati
safha napa

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रूपमा पुबुदु दासानायके फर्कने लगभग निश्चित भएको श्रोतले दाबी गरेको छ। यसबारे आधिकारिक जानकारी बुधबार बेलुकासम्ममा मात्र आउने भएपनि ५१ वर्षीय पुबुदु नै मुख्य प्रशिक्षक बन्ने लगभग निश्चित रहेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले दाबी गरेको हो ।

डेभ व्हाटमोरको राजीनामा पछि क्यानले नयाँ प्रशिक्षकका लागि आवेदन माग गरेको थियो । जसमा आवेदन दिएका ६० जनाबाट शीर्ष ५ चयन गरी उनीहरूसँग अन्तर्वार्ता र कार्य योजना प्रस्तुतीकरण गरेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पठाइएको छ ।

जसमा पुबुदुसँगै भारतका मोन्टी देसाई, श्रीलंकाका रुवान कल्पागे र असंका गुरुसिंगा तथा न्युजिल्यान्डका ग्रान्ट ब्राडबर्नको नाम पठाइएको थियो । त्यसमा पनि देसाइ र पुबुदुको सम्भावना धेरै रहेको बताइएको थियो । तर देसाईले बढी पारिश्रमिक माग गरेपछि पुबुदु आउने लगभग तय भइसकेको क्यान श्रोतले जनाएको छ ।

क्यानले केही समयअघि राष्ट्रिय टिमका खेलाडीहरूसँग गरेको अन्तरक्रियामा उनीहरूले पनि पुबुदुलाई नै पुनः मुख्य प्रशिक्षकका रूपमा फर्काउनु उचित हुने राय दिएका थिए । पुबुदु नेपाली क्रिकेट र खेलाडीबारे धेरै नै जानकार रहेको र नेपाली क्रिकेटको विकाशमा उल्लेखनीय योगदान पुर्‍याएका प्रशिक्षक हुन् ।

सन् २०११ मा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदुको कालमा नेपालले २०१४ मा टि–ट्वेन्टी विश्वकप खेलेको थियो । डिभिजन–४ मा रहेको नेपाली टिमलाई दासानायेकेले डिभिजन–२ हुँदै एक दिवसीय विश्वकप छनोट तथा विश्व क्रिकेट लिग च्याम्पियनसिपसम्म पुर्‍याएका थिए। नेपाल पछि अमेरिकाको प्रशिक्षक रहेका उनले अमेरिकी क्रिकेटलाई पनि उचाइमा पुर्‍याएका थिए ।

सन् २०१५ सम्म नेपालको प्रशिक्षक रहेका उनी २०१६ देखि अमेरिकाको प्रशिक्षक रहे । नेपाल आउनुअघि उनले क्यानडालाई पनि विश्वकप छनोट खेलाएका थिए । पुबुदुले विकेट किपर ब्याट्सम्यानका रूपमा सन् १९९३ र १९९४ को बीचमा श्रीलंका टिमबाट ११ टेस्ट र १६ एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । त्यसपछि उनले क्यानडाबाट २००५ आईसीसी ट्रफी खेलेका थिए ।

 


२३ मंसिर २०७८, बिहीवार १४:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु