punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका ९ पालिकामा माओवादी अधिवेशन सम्पन्न

Chaupati
safha napa

नेकपा (माओवादी केन्द्र)ले जिल्लाका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ। मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो।

माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, पुर्चौडी नगरपालिका, शिवनाथ, सुर्नया, डिलाशैनी, दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ।

बाँकी रहेको पञ्चेश्वर गाउँपालिकामा आज पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र जनाएको छ। तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि माओवादीले पहिलोपटक विधिवतरूपमा कमिटी बनाइरहेको हो। राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ।

माओवादी केन्द्रले यही २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ। प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ राष्ट्रिय सम्मेलन गर्दैछ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु चन्दले पार्टीको सङ्गठन विस्तारमा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे।


२३ मंसिर २०७८, बिहीवार १४:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु