punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोषी १६ वर्षपछि पक्राउ

Chaupati
safha napa

अदालतले २० वर्ष कैद सजाय तोकेका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । हत्यासम्बन्धी मुद्दामा सजाय पाएको १६ वर्षपछि जयपृथ्वी नगरपालिका–७ सुवेडा घर भएका ३९ वर्षीय प्रकाश रानालाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

२०६२ असोज २३ गते जयपृथ्वी नगरपालिका–७ साविक सुवेडा गाविस–८ ज्वाडाका प्रकाश रानासहित मंगल राना, वीरेन्द्र राना, रामदेवी राना र हीरादेवी रानाले घरेलु हतियार कुटो, हँसिया, बन्चरो प्रयोग गरी सोही ठाउँका मीनबहादुर भण्डारीको हत्या गरेका थिए ।

यो घटनामा संलग्न अन्य दोषीहरू अझै फरार छन् । उनीहरू सबैलाई ०६६ चैत २२ गते जिल्ला अदालत बझाङले २० वर्ष कैद सजाय सुनाएको थियो ।


२३ मंसिर २०७८, बिहीवार १४:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु