punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुसिला मिश्रभट्टद्वारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

Chaupati
safha napa

नेपाली कांग्रेसको १४ औँ महाधिवेनमा नेपाली काँगेसकी नेत्री शुशिला मिश्र भट्टले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौँमा पत्रकारहरुसंग कुरा गर्दै उनले आफुले सुदूरपश्चिम प्रदेश(महिला तर्फ)को केन्द्रिय सदस्यमा उम्मदवारी घोषण गरेकी हुन् ।

पार्टीमा पूनर्जागरण, रूपान्तरण र समाबेसी तथा महिलाको अर्थपूर्ण सहभागिताको लागि आफुले सुदूरपश्चिम प्रदेश(महिला तर्फ)केन्द्रिय सदस्यमा उम्मदवारी दिएको बताईन् ।

केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणसंगै उनले केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुलाई मतदानको लागि समेत अपिल गरेकी छिन् । भट्ट नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपलिकाकी उप–प्रमुख समेत रहेकी छिन् ।


२३ मंसिर २०७८, बिहीवार १२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु