punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

Chaupati
safha napa

भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावत सवार सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ। सेनाको यो हेलिकप्टरमा कुल १४ जना सवार रहेकोमा ११ जनाको शव निकालिएको छ।

यो घटनामा रक्षा प्रमुख विपिन रावतका साथै उनकी पत्नी र अन्य सैनिक अधिकारी पनि हेलिकप्टरमा थिए। दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको छ।दुर्घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई दुर्घटनाको जानकारी दिइएको थियो।

रक्षा प्रमुख विपिन रावतको स्वास्थ्यको बारेमा जानकारीका लागि पर्खिरहेका छन्। दुर्घटनापछि स्वास्थ्यलाभको कामना गर्दै विपिन रावतको जन्मस्थल पौडी गढवाल जिल्लावासीले मन्दिरमा पूजाआजा सुरु गरेका छन्।

रक्षा प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य सुरु गरिएको थियो। यसपछि घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। यस दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु शव निकालिएको छ।एजेन्सी


२२ मंसिर २०७८, बुधवार १६:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु