ओमिक्रोन पुष्टि भएका दुई जनाकाे कोभिड रिपोर्ट नेगेटिभ
नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित दुई विदेशी नागरिको कोभिड रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पीसीआर परीक्षण गराउँदा उनीहरु दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
संक्रमित भएका नागरिकहरू अहिले पनि चिकित्सकको निगरानीमा रहेको मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । अफ्रिकी मुलुकबाट आएका ती दुवै जनामा सोमबार ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा उनीहरुमा ओमिक्रोन संक्रमण देखिएको थियो।
२१ मंसिर २०७८, मंगलवार १९:०० बजे प्रकाशित































