punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कम्युनिष्टलाई पराजित गरेपछि मात्र कांग्रेसको जित हुन्छ: मन्त्री बडु

Chaupati
safha napa

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय मामिला तथा कानुन मन्त्री दिलेन्द्र बडुले कम्युनिष्टलाई पराजित गरेपछि मात्र कांग्रेसको जित हुने बताएका छन्।धनगढीमा आयोजित पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनको संयोजक रहेका बडुले उद्घाटन समारोहमा बोल्दै अहिलेको आन्तरिक प्रतिष्पर्धाले कसैको हार र जितको कुरा नभई आगमी निर्वाचनमा सबै तहमा कांग्रेसलाई जित दिलाउने जिम्मा हुने बताए।

‘हाम्रो यो आन्तरिक प्रतिष्पर्धा हो, कसैको हार र जितको रूपमा लिने होइन, जित्ने भनेको प्रतिष्पर्धीलाई हो, आउने चुनावमा कम्युनिष्टहरूलाई पराजित गर्ने हो, कांग्रेसले त्यतिबेला जित्नेछ,’ उनले भने।

उनले देशमा जब संकट आउँछ तब कांग्रेस सहारा बन्ने गरेको बताए।उनले २०६४ मा त्रासले कम्युनिष्टले चुनाव जितेको बताए। त्यसबेला बनेको पहिलो सभाबाट संविधान बनाउन कम्युनिष्टले रोकेको उनको आरोप छ।

‘कारण उनीहरूले संविधानलाई आफ्नो ढंगबाट लैजान चाहन्थे तर कांग्रेसले मुलुकमा संघीयता, लोकतन्त्र, मानव अधिकार र संसदीय शासन प्रणालीलाई स्थापित गर्न चाहन्थ्यो। यो कुरा कम्युनिष्टले नमानेका कारण संविधान बनेन,’ उनले भने।

दोस्रो संविधान सभाबाट आफ्नो पार्टीको पक्षमा जनताले मत दिएपछि कांग्रेसकै नेतृत्वमा संविधान बनेको उनको दाबी थियो।२०७४ को चुनावमा एमाले र माओवादीले ुआत्महत्याु गरेर नयाँ नेकपा बनेपछि भ्रम सिर्जना गरेर चुनाव जितेका उनले आरोप लगाए।

‘विगतको अस्थिरता, विघटनबाट स्थायित्व हुन्छ, शान्ति, विकास र समृद्धि हुन्छ भनेर भरोसा गरेका थिए। विश्वासले बहुमत पनि दिए तर संविधानविपरीत संसद विघटन गरियो,’ उनले भने।जनादेश अनुसार प्रतिपक्षमा रहेको कांग्रेस एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान समाप्त गर्ने षड्यन्त्र रचेपछि सबै पार्टीलाई मिलाएर नेतृत्व गर्नुपरेको उनले बताए।सुदूरपश्चिममा बिहीबारदेखि सुरू भएको अधिवेशनमा सहमतिबाट कार्यसमिति चयनको प्रयास गर्ने उनको भनाइ छ।


१६ मंसिर २०७८, बिहीवार १८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु